प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा साबिक विजेता नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । पुलिस बुधबारको खेलमा ९ विकेटले विजयी भएको हो ।
सुदूरपश्चिमले दिएको १११ रनको लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा ग¥यो । सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेपछि पुलिसले सहज जित हात पारेको हो ।
। १६.१ ओभरमा हेमन्त धामीको बलमा अरुण ऐरीको हातबाट क्याच भएका धमलाले ५७ बलमा ६ चौका र २ छक्काको मद्दतले ५३ रनको योगदान दिए ।
५१ रनमा अविजित रहेका भुर्तेलले ४४ बलमा ९ चौका र १ छक्का प्रहार गरे । अमित श्रेष्ठ १ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि १ मात्र विकेट हेमन्त धामीले लिए । धामीले ५ ओभरमा ३१ रन खर्चिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमै समेटियो ।
पुलिसको धातक बलिङसामु सुदूरपश्चिमका ब्याट्म्यान निरीह देखिन्थ्ये । उसका पाँच ब्याट्सम्यान बिना रन पेभिलियन फर्किए ।
सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रनको योगदान दिए । १६.४ ओभरमा सागर ढकालको बलमा एलबिडब्ल्युको सिकार बनेका उनले ५३ बलमा ८ चौका प्रहार गरे । सञ्जु धामीले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रनको योगदान दिए ।
सुदूरपश्चिमको पारी ध्वस्त बनाउन सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले समान ४–४ विकेट हात पारे । २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
ढकालले १० ओभरमा ३ मेडन राख्दै १८ र ऐरीले ६.१ ओभरमा मेडन सहित १० रन खर्चिए ।
दुवै टोली आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएका थिए । पुलिस ७ विकेट र सुदुरपश्चिम १८० रनले पराजित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।