मनीषाकै बाटोमा करिश्मा पनि, भनिन् : अब राजा राख्‍नुपर्छ

काठमाडौं : चर्चित अभिनेत्री करिश्मा मानन्धरले अहिलेको राजनीतिक व्यवस्थाका कारण जनता दिक्क भएको बताएकी छन्। पुस ५ मा संसद् विघटनसँगै देशमा सुरु भएको राजनीतिक अस्थिरता र सत्ताको तानातान देखेर करिश्माले चिन्ता जनाएकी हुन्। 

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर करिश्माले बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरेकी छन्। उनले बुधबार सार्वजनिक गरेका तीनवटा धारणाले उनी अहिलेको राजनीतिक अस्थिरतालाई लिएर चिन्तित रहेको देखाएका छन्। 

उनले अहिलेको बहुदलीय प्रणालीबाट जनता पनि दिक्क भइसककेको आशयको धारणा व्यक्त गरेकी छन्। 'धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन', डा. बाबुराम भट्टराईले गठन गरेको नयाँशक्ति पार्टीकी पूर्व नेतृसमेत रहेकी उनले भनेकी छन्, 'दुई विचार काम छ । राजा राख्‍ने । दुई विचारले नेपाल चलाउने।'

पछिल्लो राजनीतिक अवस्था देखेर दिक्क भएकी उनले खुलेरै राजाको वकालत गरेकी हुन्। अर्की अभिनेत्री मनीषा कोइराला पनि पछिल्लो समय राजावादी लाइनमा उभिएकी छन्। गत पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मनीषाले सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी थिइन्। उनले त्यसक्रममा राजसंस्थाको योगदान देश र जनताले भुल्न नहुनेमा जोड दिएकी थिइन्। 



धेरै कमेन्ट हेरे ! यो कामै छैन ! पार्टी सिस्ट्म काम छैन । दुई विचार काम छ । राजा राख्ने । दुई विचार ले नेपाल् चलाउने ।

Posted by Karishma Manandhar on Tuesday, January 19, 2021


  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १३:४६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया