काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको कार्यशैलीलाई लिएर अभिनेत्री करिश्मा मानन्धरले गम्भीर प्रश्न उठाएकी छन्। बाबुरामद्वारा गठित नयाँ शक्ति पार्टीकी पूर्व नेतृसमेत रहेकी करिश्माले विरोधले मात्रै काम नहुने बताएकी हुन्।
उनले बाबुरामलाई पढेलेखेको मान्छे भन्दै विरोधमा मात्रै सीमित भएकोमा दु:ख लागेको बताएकी छन्। 'तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको ऊर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दु:ख लाग्छ डा. सा'व !', उनले भनेकी छन्, 'यही हो नेपालीले पाएको गणतन्त्र ! यही हो राजनीतिक संस्कार? देशको विकास कहिले हुने?'
बाबुरामले यही माघ ७ गते देशका सबै जिल्लामा जनता समाजवादी पार्टीले गर्ने विरोधसभामा सहभागी हुन आह्वान गरेपछि करिश्माले प्रश्न उठाएकी हुन्। बाबुरामले माघ ७ को विरोध कार्यक्रममा आफू कैलालीको टीकापुर पुगेर सहभागी हुने बताएकी छन्।
तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको बिरोधमा मात्रै सिमित भयेको देखेर दुख लाग्छ डा. साब ! येहि हो नेपालीले पायेको गणतन्त्र ! येहि हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने ?
Posted by Karishma Manandhar on Tuesday, January 19, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।