नेपाली बजारमा बुधवार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा बुधवार सुनको मूल्य ५ सय रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, बुधवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलवार प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।