देशका अधिकांश आर्थिक सूचक सकारात्मक : अर्थमन्त्री

देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक दिशामा रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको दाबी छ ।  

बुधबार कृषि विकास बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ का कारण राजस्व परिचालनका केही सन्दर्भ प्रतिकुल रहे पनि अन्य क्षेत्रका आर्थिक सूचक सकारात्मक रहेको बताएका हुन् । 

कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको उनको  भनाइ थियो । 

कोभिडविरुद्ध सही नीति, योजना र प्रभावकारी कार्यान्वयनका साथ नेपाल अघि बढेको भन्दै मन्त्री पौडेलले छिटोभन्दा छिटो कोभिडविरुद्धको भ्याक्सिन आयात गरेर आम नागरिकलाई निशुल्क उपलब्ध गराउने बताए । पहिलो चरणमा फ्रन्टलाइनबाट सुरु गरेर क्रमशः आम नागरिकमा खोप पु¥याउने उनको भनाइ छ ।

मध्यावधि निर्वाचन संविधानले प्रबन्ध गरेको व्यवस्था भएको भन्दै मन्त्री पौडेलले संविधानको कार्यान्वयनले मुलुकलाई गतिशील ढंगले अघि बढाउन मद्दत गर्ने समेत बताए । 

मुलुकलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानका निम्ति निर्वाचन अनिवार्य रहेको पनि उनको भनाइ छ ।



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागू गरेको र वित्तिय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकाले बढीभन्दा बढी विद्युतिय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताए । 

यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाइ छ । कृषिमा आधुनिकीकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उनले बताए ।



 

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १४:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया