भारतबाट आउने कोरोनाविरुद्धको खोप 'फ्रन्टलाइन'मा खटिनेहरुलाई

काठमाडौं : भारतले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप सुरुमै फ्रन्टलाइनमा खटिनेलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले यसबारेमा बुधबार जानकारी दिएका हुन्। भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख डोज कोभिसिल्ड खोप बिहीबार काठमाडौं आइपुग्ने भएको हो।

मन्त्री त्रिपाठीका अनुसार यो खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिनेहरुलाई लगाइने छ। 'नेपालमा ७२ प्रतिशत जनसंख्या खोपका लागि उपयुक्त रहेको ठहर हामीले गरेका छौं', उनले भने, 'भारतबाट बिहीबार आउने यो खोप हाम्रो जनसंख्याको ३ प्रतिशत 'फ्रन्टलाइन'का योद्धाहरुलाई लगाइनेछ।'

त्रिपाठीका अनुसार यो खोप देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनकर्मी, चिकित्साकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलाई लगाइनेछ। त्यसबाट बाँकी भएको खोप उच्च जोखिमका अन्य समुदायलाई क्रमश: लगाउँदै जाने उनले बताएका छन्।

'कोभिडविरूद्धको संघर्षका पहिलो योद्धालाई पहिलो प्राथमिकता दिएर खोप दिइनेछ। कानुनी र आर्थिक सबै प्रक्रिया पूरा भइसकेको छ', उनले भने, 'भारत सरकारको सहयोग र हाम्रो निरन्तर प्रयासले १० लाख डोज खोप आयो। प्रथम चरणको खोप योद्धाहरुलाई पुर्‍याउने कोसिस हुनेछ। त्यसपछि बाँकी खोप जोखिम रहेका जनसंख्यालाई दिइनेछ।'





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १५:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया