प्रदेश एकको हिउँदे अधिवेशन सुरु भएको केही मिनेटमै स्थगित गरिएको छ । बुधबारको बैठक सुरु हुनेबित्तिकै सभामुखले प्रदेश प्रमुखको हिउँदे अघिवेशन सञ्चालनसम्बन्धी पत्र वाचन गरेका थिए ।
प्रदेश प्रमुखको पत्र वाचन गरे लगत्तै सभामुखले बैठक स्थगित गरेका हुन् । नेकपा विवादका कारण संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोल्न नदिएको बताइएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भएकाले संसदमा विवाद उत्पन्न हुने अवस्था सिर्जना नहोस् भनेर अधिवेशन सुरु गरेर बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।