परिसूचक बढ्दा ओर्लियो कारोबार रकम

मंगलबार सामान्य करेक्सन भएको बजार बुधवार १५ दशमलव ८७ अंक बढेर बन्द भएको छ । आज दिन नेप्से परिसूचक २३४२ दशमलव ७६ बिन्दुमा पुगेको हो ।
लगातार आठ कारोबार दिन बढेको बजार मंगलवार लगानीकर्ता नाफा बुकतर्फ केन्द्रित हुँदा ५ दशमलव ५७ अंक घटेको थियो । बुधबार सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १८ अंक बढेर ४४३ बिन्दुमा पुगेको छ । 

परिसूचक बढे पनि बुधवार मंगलवारको तुलनामा कारोबार रकम भने घटेको छ । बुधवार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर कारोबार भएको छ । आज २११ कम्पनीको सेयर ५३ हजार ३३४ पटक किनबेच भएको छ । 

सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ ।

नेपालको इतिहासमै पहिलो पटक सेयर संख्या टुक्र्याउन लागेको कम्पनीले प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँमा झार्ने तयारी गरेको छ ।

बुधवार नेपाल लाइफको ६१ करोड ४० लाख ८९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 



कारोबारमा आएका १२ समूहमध्ये पाँच समूहको परिसूचक घटेको छ भने ७ समूहको परिसूचक बढेको छ । 

होटल समूहका लगानीकर्ताले सर्वाधिक गुमाउँदा जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । बुधबार होटल समूहको परिसूचक १ दशमलव १२ प्रतिशत घटेको छ भने जीवन बीमा समूहको परिसूचक ४ दशमलव ६७ प्रतिशत बढेको छ । 



वित्त समूहको ४ दशमलव २६ प्रतिशत, जलविद्युुतको ३ दशमलव शून्य ५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ७३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।

त्यसैगरी, बैंकिङको परिसूचक शून्य दशमलव १४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ५ प्रतिशत र अन्य समूहको शून्य दशमलव ६४ प्रतिशत घटेको छ । 

१५ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको बुधवार विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १६:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया