डोनाल्ड ट्रम्पले छाडे ह्वाइटहाउस
‘युद्ध सुरु नगर्ने पहिलो राष्ट्रपतिका रुपमा उभिन पाएकोमा गर्व छ'

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् ।

आफ्ना उत्तराधिकारीलाई ह्वाइटहाउसमा स्वागत गर्ने परम्परालाई लत्याउँदै उनी फ्लोरिडा उडेका छन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनले राष्ट्रपति पद छोड्ने अन्तिम समयमा ७३ जनालाई क्षमादान दिएका छन् ।

बिदाइ सम्बोधनमा ट्रम्पले अमेरिका सधैँ संसारका लागि आशा, प्रकाश तथा गौरवको भूमि भएको र भविष्यमा पनि रहिरहनुपर्ने बताएका छन् । नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल हुनेमा उनले विश्वास व्यक्त गरे । 

आफूले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनःस्थापित गर्न सफल भएको उनले दाबी गरे । कुनै नयाँ युद्ध सुरु नगरेको पहिलो राष्ट्रपतिका रुपमा आफू उभिन पाएकोमा उनले गर्व गरेको बताए । 

सम्बोधनको अन्त्यमा ट्रम्पले आफ्नो आन्दोलन बल्ल सुरु भएको बताएका छन् । 





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार २०:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया