संसद विघटनसँगै अन्तर्राष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थाले : डा.भट्टराई

जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनुपर्ने बताएका छन्। 

जसपाद्वारा टीकापुरमा भएको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो विघटन संविधान र लोकतान्त्रिक गणतन्त्रको विघटन भएको तर्क गर्दै यसबाट तानाशाही प्रवृत्ति निम्तिने ठोकुवा गरे । 
     
जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्ने विश्वास व्यक्त गर्दै डा. भट्टराईले विघटनसँगै अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको भनी चिन्ता व्यक्त गरे । 





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार २१:२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया