आजबाट अमेरिकी राष्ट्रपति बन्न लागेका जो बाइडेनको सपथ कार्यक्रम अमेरिकामा सुरु भएको छ । यसका लागि उनी र उपराष्ट्रपति कमला ह्यारिस क्यापिटल हिल पुगिसकेका छन् ।
बाइडेनसँग उनकी पत्नी जिल पनि छिन् ।
सपथ कार्यक्रममा अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएका छैनन् । उनले यसअघि नै ह्वाइटहाउस छोडिसकेका छन् ।
आजको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । यसका लागि त्यहाँ नेसनल गार्ड्स राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।