विश्वकै शक्तिशाली देश संयु्क्त राज्य अमेरिकाको शक्तिशाली पदमा जो बाइडेन आसिन भएका छन्। गत नोभेम्बर भएको राष्ट्रपति निर्वाचनमा विजयी भएका बाइडेनले बुधबार ह्याइटहाउसमा शपथ लिँदै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरेका हुन्।
बाइडेनले १२८ वर्ष पुरानो बाइबलको किताबमा हात राखेर पद तथा गोपनीयताको शपथ खाएका छन्। बाइडेनले सपथग्रहण समारोहमा २२ मिनेट भाषण गरेका थिए। उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनसँग शपथ लिएकी छिन्।
बाइडेनको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित भएनन्। उनले शपथग्रहण समारोहको कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिला ह्वाइट हाउस छाडेका थिए। रिपब्लिकन पार्टीबाट दुई कार्यकाल अमेरिकाको राष्ट्रपति बनेका जर्ज डब्लू बुश बाइडेनको शपथग्रहण कार्यक्रममा उपस्थित थिए।
ट्रम्पका उपराष्ट्रपति माइक पेन्स आफ्नी पत्नी केरेनसहित बाइडेन–ह्यारिसको शपथग्रहण समारोहमा आएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।