ऋषि धमलाकी पत्नी एलिजासँग जोडी बाँध्दै गौरव
फरकधार / ८ माघ, २०७७

नेपाली कथानक चलचित्र ‘घिन्ताङ’मा अभिनेता गौवर पहाडी र एलिजा गौतम जोडीका रुपमा प्रस्तुत हुने भएका छन् । यो जोडीलाई लिएर निर्देशक दीपक श्रेष्ठले ‘घिन्ताङ’ बनाउने भएका हुन् ।

यस चलचित्रमा अभिनेता विपिन कार्की र एलिजालाई लिने दीपकको धोको थियो । तर, विपिनले समय दिन नभ्याएपछि केहिदिन अघिमात्रै गौरवलाई चलचित्रमा अनुबन्धित गरिएको हो ।

पुराना निर्देशक श्रेष्ठले थुप्रै हिट फिल्महरु निर्देशन गरेका छन् । ‘पापाी मान्छे–२’, ‘अजम्बरी माया’, ‘जीवन साथी’, ‘आमाको माया’ लगायतका चलचित्र श्रेष्ठको निर्देशनमा बनेका हुन् । लामो समयको अन्तरालपछि ‘घिन्ताङ’निर्देशन गर्न लागेका श्रेष्ठले चलचित्रका लागि एलिजालाई केही समय अघिनै पक्का गरिसकेका थिए ।

सामाजिक कथाबस्तुमा निर्माण हुन लागेको यो चलचित्रका अन्य कलाकार तथा निर्माताहरुका बारेमा भने केहि बताइएको छैन् । केहिदिनमै औपचारिक रुपमा अन्य कलाकार र चलचित्रका सबै विषयका बारेमा जानकारी दिने तयारीमा रहेको श्रेष्ठले बताए । 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार ११:१८:२४,   अन्तिम अपडेट : माघ ८, २०७७ बिहीबार ११:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया