नेपाल आइपुग्यो भारतले दिएको कोरोना खोप

भारतले दिएको अनुदानको कोरोना खोप नेपाल आएको छ । बिहीबार मध्यान्ह १२ बजे खोप एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलाई १० लाख डोज खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।

खोप लिनका लागि विमानस्थलमा स्वास्थ्य सेवा विभागको रेफ्रिजेरेटर ट्रकले पुगेको छ।

भारतले दिएको खोपलाई हाल स्वास्थ्य सेवा विभागको स्टोरमा राख्ने र त्यहाँबाट विभिन्न प्रदेश हुँदै जिल्लाहरुमा पठाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ। 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १२:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया