समुन्द्रले ल्याए ‘जिन्दगी नै’
फरकधार / ८ माघ, २०७७

गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’को भिडियो सार्वजनिक भएको छ । गीतमा उर्गेन दोङको एरेन्ज, अनिल अधिकारीको रेकर्ड, रितेश रोयको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सारा निरौला, आयान राई, समुन्द्र र कविता फिचर्ड छन् । रोहित विक्रम कार्कीको छायांकन रहेको भिडियोमा विष्णु खड्काको कलर, सम्पादन र भीएफएक्स तथा अर्जुन भण्डारीको कथा पटकथा र निर्देशन छ ।

सफल मोसन पिक्चरमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा सुबास घिमिरेको प्रोडक्सन डिजाइन र समुन्द्र खतिवडाको कला निर्देशन छ ।

 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १३:३:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया