तोलामा ६ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २६०  रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार  चाँदीको मूल्य १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १३:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया