झापा प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियान चलाएको छ । जिल्ला प्रहरीको कमान्डर बनेपछि झापाका एसपी सानुराम भट्टराईले यो अभियान चलाएका हुन् ।
यो अभियानको सिलसिलामा झापा प्रहरीले हिजो करिब ३ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।
लागु औषध गाँजा मुद्दामा अदालतले सजाय तोकेपछि २०७४ सालदेखि फरार अभियुक्तलाई पक्राउ गरिएको एसपी भट्टराईले जनाए ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका निवासी ३१ वर्षीय राजु ढकाल रहेका छन् । अदालतबाट उनको एक वर्ष ६ महिना कैद तथा १० हजार जरिवाना कैद तोकिएको छ । पक्राउ परेका ढकालको पिसिआर चेक गराइ कारागार पठाइएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।