कोरोनाविरुद्ध भ्याक्सिन बनाउने भारतीय कम्पनीमा भीषण आगलागी

एजेन्सी : नेपाललाई समेत नि:शुल्क दिइएको कोभिड-१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन निर्माता सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआई) को पुणेस्थित भवनमा  भीषण आगलागी भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सिरमको प्रयोगशाला राखिएको भवनको पाँचौ तलामा आगलागी भएको हो। समाचार अनुसार  यो तलामा बिसिजी खोपसम्बन्धी अनुसन्धान भइरहेको थियो।

सिरमका कार्यकारी निर्देशक सुरेश जाधव आगलागी भइरहेको भवनमा कोभिसिल्डको ठूलो परिमाण भण्डार गरिएको बताएका छन्। पुणे सहरका मेयर मुरलीधर मोहोलले १० भन्दा धेरै दमकल आगो निभाउन लागिरहेको बताएका छन्। उनले दिउँसो साढे २ बजे घटनाबारे जानकारी पाएको बताएका छन्। 
 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १६:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया