नेपाली टिमको खेल सुधारमा ध्यान केन्द्रित रहनेछ : प्रशिक्षक वाटमोर
फरकधार / ८ माघ, २०७७

खुला प्रतिस्पर्धाबाट  नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका डेभ वाटमोर नेपाल आइपुगेका छन् । एक कार्यक्रमको आयोजना नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार अस्ट्रेलियाली प्रशिक्षक वाटमोरलाई टोलीको जिम्मेवारी सुम्पिएको हो ।

भारतीय प्रशिक्षक उमेश पटवालको बर्हिगमनपछि रिक्त भएको पदमा अस्ट्रेयाली प्रशिक्षक डेभ वाटमोर नियुक्त भएका हुन् । नवनियुक्त प्रशिक्षक वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीयको मान्यतालाई जोगाउन प्रयास गर्ने बताए ।

वाटमोरले १९९० यता पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बावेलगायत टोलीको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । एक वर्षे सम्झौतामा नेपाल आएका वाटमोरले युवा र अनुभवी खेलाडीलाई संयोजन गरी टोलीलाई प्रशिक्षण दिने बताएका छन् ।

यसैबीच, नवनियुक्त प्रशिक्षक वाटमोरले बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानसमेत भ्रमण गरेका थिए ।
 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १६:५७:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया