६ खर्बको आयात हुँदा ६० अर्बको निर्यात

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा आयात घट्दा निर्यातमा वृद्धि भएको छ भने केही हदसम्म व्यापारघाटा समेत घटेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको तथ्यांक अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । 

विभागको तथ्यांकअनुसार चालू आवको छ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोडको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको विभागको तथ्यांक छ ।

यसैगरी, ६ महिनाको अवधिमा विश्वका विभिन्न देशमा गरी ६० अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको विभागको भनाइ छ । 

गत आवमा सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । 

समीक्षा अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सो अवधिमा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको विभागको तथ्यांक छ ।
 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १७:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया