दिल्लीबाट रिलिज भएपछि यसरी सम्झिए सन्दीपले आइपिएललाई

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले आइपिएलमा खेल्ने अवसर दिएकोमा दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन् । साथै उनले दिल्लीका पूर्वसिइयो हेमन्त दुआको नामै लिएर उनलाई धन्यवाद दिएका छन्।

बिग बास लिग खेल्नका लागि अहिले अस्ट्रेलियामा रहेका सन्दीपले बिहीबार साँझ ट्विट गरी आफ्नो पूर्व क्लबमा धन्यवाद व्यक्त गरेका हुन्। 

‘आइपिएलले मलाई धेरै नै दिएको छ । विशेष गरी दिल्ली क्यापिटल्सले मलाई विश्वास गर्यो र मलाई ब्रेक दियो’ सन्दीपले भनेका छन्, 'सबै दिल्ली क्यापिटलस परिवारलाई धेरै-धेरे भन्यवाद दिन्छु । तीन वर्ष निकै यादगार रह्यो ।’   

आफूलाई पहिलो पटक टिममा लिएकोमातत्कालीन दिल्ली डेयरडेभिल्सका सिइओ  हेमन्त दुआप्रति उनले विशेष आभार प्रकट गरेका छन् । 

सन्दीपले आइपिएल खेल्दा र प्रशिक्षण गर्दाका आफ्ना केही तस्वीरसमेत सेयर गरेका छन् । 

तत्कालीन दिल्ली डेयरडेभिल्सले सन २०१८ को सिजनमा २० लाख भारतीय रुपैयाँमा सन्दीपलाई टोलीमा भित्र्याएको थियो । आइपिएलमा दिल्लीले लिनु सन्दीपको जीवनका लागि ठूलो टर्निङ प्वइन्ट हुनपुग्यो । त्यसपछि विश्वका सबैजसो ठूलो फ्रेन्चाइज लिगमा सन्दीपले खेल्ने मौका पाइरहेका छन् ।  




तीन वर्षको सम्झौता सकिएछि इस सिजन दिल्लीले सन्दीपलाई रिलिज गरेको छ । अब २०२१ को आइपिएल खेल्नका लागि सन्दीपलाई कुनै टोलीले खरिद गर्नुपर्ने हुन्छ । 

सन २०१८ र २०१९ को सिजनमा गरी सन्दीपले आइपिएलका ९ खेलमा सहभागी हुने मौका पाएका थिए । त्यसमा उनले १३ विकेट लिन सफल भएका थिए । कोरोनाका कारण करिब ६ महिनापछि दुबईमा भएको २०२० को आइपिएलमा सन्दीप बेञ्चमै सीमित भए । 



आइपिएलमा दिल्लीले लिनु सन्दीपको जीवनका लागि ठूलो टर्निङ प्वइन्ट हुनपुग्यो। 

 

 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १८:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया