संसद् पुनःस्थापनाको माग गाउँ गाउँमा

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आन्दोलन भइरहेका छन् । कांग्रेस, नेकपा प्रचण्ड-माधव समूह लगायतका दल सडकमा ओर्लिएका छन् । कहिले बजारमा त कहिले राजधानीमा दलहरु आ–आफ्नै ढङ्गले आन्दोलन गरिरहेका छन् ।

आन्दोलन चुस्त दुरुस्त पार्दै गाउँदेखि सहर र सहरदेखि गाउँ केन्द्रित भएका छन् । भेला, सभा, प्रदर्शन लगायतका कार्यक्रम भइरहेका छन् । बिहीबार मात्रै पनि नेपाली काँग्रेसले राष्ट्रिय कार्यक्रम अनुरुप प्रत्येक वडा वडामा प्रधानमन्त्रीको असंवैधानिक कदम विरोध र प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेको छ ।

जस अनुसार लुम्बिनी प्रदेशको १२ जिल्लाको  १०९ स्थानीय तहको ९८३ वडामा नेपाली काँग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्दै प्रदर्शन गरेको हो ।

देशव्यापी कार्यक्रमसँगै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङका दश स्थानीय तहका वडा वडामा पनि विरोध प्रदर्शन गरिएको थियो । प्रत्येक वडा वडामा काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धमा शक्ति प्रदर्शन सहितको विरोध जनाएको थियो ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १९:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया