प्रधानमन्त्रीसँग राजदूत बेरीले भने : नयाँ अमेरिकी प्रशासन नेपालसँग साझेदारी चाहन्छ

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेको राजदूत बेरीले बताएका छन् 

अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जो बाइडेनले पदभार ग्रहण गरेपछि राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग समसामयिक विषयमा छलफल गरेका हुन् ।

उनले भेटका क्रममा राष्ट्रपति बाइडेन प्रशासनले नेपाल तथा अन्य राष्ट्रसँग साझेदारी गर्न चाहेको खुलाएका छन् ।

‘अमेरिकामा बाइडेन नयाँ राष्ट्रपति भएको घोषणासँगै नयाँ राष्ट्रपतीय प्रशासनले नेपालसहित अन्य राष्ट्रसँग कुनै एक्लो राष्ट्र मात्रैले जुध्‍न नसकिने जलवायु परिवर्तनदेखि कोभिड-१९ जस्तो विश्व स्वास्थ्य संकट जस्ता हाम्रा साझा चुनौतीबारे छलफल गर्न मैले प्रधानमन्त्री ओलीलाई भेटेको हुँ’, उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै नवनियुक्त राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए। उनीहरु दुवैले अमेरिकासँग मिलेर काम गर्न चाहेको इच्छा जाहेर गरेका थिए।
 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार २२:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया