जबजको मूल्य,मान्यतासँग ओलीको कुनै साइनो छैन : माधव नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा जनताको बहुदलीय जनवाद (जबज)को कुनै मूल्य मान्यता नभएको बताएका छन्। शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै नेपालले कुरा मात्र गर्ने ओलीमा जबजको कुनै साइनो नभएको बताएका हुन्

‘उहाँ (केपी ओली)मा लोकतन्त्रको कुनै संस्कार छैन,’ नेपालले भने, ‘कुरा उहाँ जनताको बहुदलीय जनवाद (जबज)को गर्नुहुन्छ। तर बहुदलीय जनवादको अलिकति मूल्य र मान्यतासँग उहाँको कुनै साइनो पनि छैन, व्यवहारमा पनि छैन।’

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर, विनम्र होऊ, अरुको विश्वास जित, विधि विधान अनुसार चल भन्ने कुराहरु जबजका मूल्य, मान्यता भएको नेपालले बताए।

‘उहाँलाई पार्टीले पत्याएन रे गर्ने के ? केन्द्रीय, स्थायी कमिटि, सचिवालयले विश्वास गरेन भने त्यसको समाधान तिर लाग्ने हो नी। तर उहाँमा छलफल गर्ने, अरुको कुरा मान्ने संस्कार नै छैन’ नेपालले भने। 

आफूहरुले पार्टीका समस्यासँगै जनताका समस्याबारे पार्टीभित्र, संसदभित्र छलफल गरौँ, त्यसको समाधान तिर लागौँ भनेर निरन्तर कुरा उठाइरहँदा ओलीले कुरै नसुनेको उनको भनाइ छ। 

विधिमा चल्नुपर्छ भन्दा आफूहरुलाई ‘पदको लागि लडे भन्दै’ ओलीले कुरालाई घुमाएको अध्यक्ष नेपालले आरोप छ।



पार्टी भित्र वा सरकारमा रहँदा आवश्यकता अनुसार आफूहरुले पदसमेत छाडेको उदाहरण दिँदै नेपालले ओलीको एकलकाटे र लोभीपनका कारणले पार्टीको विधि, विधान र संविधान मिचिएर देश नै दुर्घटनातर्फ अघि बढाएको बताए। उनले सर्वोच्च अदालतले देश, संविधान र ऐन कानुनलाई हेरेर संसद पुनःस्थापना गर्ने विश्वास व्यक्ति गरे। 

नेकपामा ४३४ मध्ये ३१५ जना केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले आधिकारीक पार्टी आफुहरु भएको भन्दै नेपालले र सूर्य चिन्ह पनि आफ्नै भएको दावी गरे। 



धेरै प्रयास गर्दा पनि केपी ओलीलाई सुधार गर्न नसकिएको भन्दै उनले ओलीसँग फेरि एकताको सम्भव नभएको स्पष्ट पारे। बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा देखिएको जनमानसले आफूलाई २०६२÷०६३ को जनआन्दोलनको झल्को दिएको भन्दै नेपालले कर्णाली जाग्यो भने देश नै जाग्ने समेत बताए। 
 

  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार ११:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया