धम्कीपूर्ण भाषासहित प्रचण्डले सर्वोच्चलाई भने : केपीको निर्णय सदर गरिए फेरि युद्ध हुन सक्छ

काठमाडौं : दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतबाट सदर गरिए शान्ति बिग्रिन सक्ने बताएका छन्।

दाहाल-नेपाल समूहले रत्नपार्कस्थित सडकमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन्। 

'नेपाली जनताले फेरि युद्ध होस् भन्ने चाहेका छैनन्। सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशहरू युद्ध भएको हेर्न चाहँदैनन्', दाहालले भने, 'केपी ओलीको स्वेच्छाचारी कदमलाई सदर गरियो भने मैले युद्धमा जान खोजेको त होइन, युद्ध नै हुन्छ भन्न खोजेको त होइन....'

उनले युद्ध पनि हुन सक्ने संकेत गर्दै अहिलेलाई शान्तिपूर्ण रुपमै ओलीको कदम सच्याउने बताए।'अहिलेलाई शान्तिपूर्ण रुपमा लाखौँ लाख जनता सडकमा उतारेर भए पनि हामी यो कदम सच्याउँछौँ, त्यसमै मेरो निरन्तर प्रयास भइरहनेछ', उनले भने, 'तर केपीको कदमलाई प्रोत्साहित गरियो भने नेपालको शान्ति प्रक्रिया फेरि बिग्रिन सक्छ, त्यसप्रति न्यायाधीशहरू पनि सचेतता अपनाउनुपर्छ। मलाई लाग्छ न्यायाधीशहरूले त्यो चाहनु भएको छैन।'

भिडियो





  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार १६:१७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया