सुर्खेतका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

सुर्खेत घर भएका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–९ का ७१ वर्षीय संक्रमित पुरुषको भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो । उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पिसिआर परीक्षणमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक सपोर्टमा उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले बताएको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार १९:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया