कानुनविपरीत कलेज सञ्चालन गरी लाखाैँ ठगी गर्ने  चौधरी पक्राउ
ठगीको आरोपमा पक्राउ परेका राजाराम चौधरी ।

 कैलालीको धनगढी उपमहानगरपालिकामा कानुनविपरीत कजेल सञ्चालन गरी वर्षौदेखि  ठगी गर्ने दुई जनालाई गरिएको छ । धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक राजाराम चौधरी र उनलाई सघाउने शिवकुमार चौधरी पक्राउ परेका हुन्। 

जिल्लाको गौरीगंगा–८ का स्थानीय रहेका इन्स्टिच्युटका सञ्चालक राजारामले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीलाई ठगेको आरोप छ ।

चौधरी लामो समयदेखि ठगी कार्यमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

‘अनुमतिबिना नै गैरकानुनी रुपमा इन्टिच्युट सञ्चालन गरी ११८ जना विद्यार्थीबाट चौधरीले ४९ लाख ८ हजार ४०० असुली गरेको देखिएको छ,’ उनले विष्टले भने। 

ठगी गरेको जाहेरी दरखास्तका आधारमा ठगी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पूरा भएको उनले बताए।

नायव उपरीक्षक विष्टका अनुसार कैलाली जिल्ला अदालतले २ महिना कैद र तीन लाख ८ हजार जरिवनाको फैसला सुनाएको थियो । चौधरीले थप १९ लाख ६५ हजार ठगी गरेर फरार भएको जाहेरीसमेत प्रहरीमा परेको थियो । 



प्राविधिक विषय पढाउने कलेज रहेको भनी कृषि जेटिए र भेटनरी अध्यापन गर्नका लागि भन्दै विद्यार्थीहरुबाट रकम असुली गरिएको थियो । तर परीक्षा नै सञ्चालन नभएपछि विद्यार्थीहरुले ठगी भएको भन्दै आन्दोलनसमेत गरेका थिए । 

यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ पनि परेका थिए । ९९ लाख धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो । 



चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै कैलालीका विभिन्न व्यक्तिबाट समेत रकम असुली गरेको अनुसन्धानले देखिएका छ ।

  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १२:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया