कांग्रेसको पहिलो प्राथमिकता संसद पुनर्स्थापनाः शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले मुलुकमा राजनीतिक अस्थिरता बढेको र यो समयमा निर्वाचन सम्भव नभएको बताएका छन् । उनले अहिले निर्वाचनका लागि उपयुक्त समय नभएको बताएका हुन् । 

कन्चनपुरको महेन्द्रनगर पुगेका कोइरालाले शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट पार्टी अहिले फुटिनसकेको पनि बताए । उनले निर्वाचन आयोगमा बाँकी रहेका मुद्दाहरुमा छिनोफानो नभएसम्म अहिले निर्वाचनको वातावरण पनि नबन्ने बताएका छन् ।

निर्वाचनको सम्भावना कम भएकाले अहिले चुनाव हुन्छ भन्ने सपना पनि नभएको उनको धारणा रहेको छ । ‘त्यसैले अहिले पहिलो प्राथमिकता संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘अहिले मुलुक निर्वाचनमा जाने अवस्थामा रहेको छैन ।’





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १४:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया