प्रदर्शनमा उत्रिएका दर्जनौँलाई रुसमा जेल

विपक्षी नेता एलेक्सी नभेलनीको पक्राउको विरोध गर्दै सडकमा निस्किएका प्रदर्शनकारीलाई रुसी प्रहरीले गिरफ्तार गरेको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार त्यहाँ प्रदर्शनमा सहभागी दर्जनौँ मानिसहरु अहिले प्रहरी हिरसातमा राखिएको छ । 

प्रहरीले पूर्वी खाबारोभस्क क्षेत्रमा प्रदर्शनकारीमाथि लाठी चार्ज पनि गरेको थियो । उक्त क्षेत्रमा अब प्रदर्शन गर्न नपाइने नियम राखिएको छ । त्यस्तै, मानिसहरुलाई घरमा नै रहन पनि चेतावनी दिइएको छ ।

एलेक्सीका निकट व्यक्तिहरुले शनिबार प्रदर्शनमा भाग लिएको बताइएको छ । 

उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा ठूला आलोचक हुन् । उनलाई गत बिहीबार गिरफ्तार गरिएको थियो । जर्मनीबाट फर्किए लगत्तै उनलाई गिरफ्तार गरेपछि रुसका ६० भन्दा धेरै सहरमा यो विरोध प्रदर्शन सुरु भएको हो ।

एलेक्सीलाई गत वर्ष अगस्टमा रुसमा नर्भ एजेन्ट हमला गरिएको थियो । यसको उपचारका लागि उनी बर्लिन पुगेका थिए । त्यसपछि उनी गत बिहीबार मात्र रुस फर्किएका थिए ।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १९:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया