ओलीका मन्त्री प्रभु साह भन्छन्– प्रचण्ड मुक्त देश बनाउनु पर्छ

शहरी विकासमन्त्री प्रभु साह कुनै समय नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सबैभन्दा निकट नेता मानिन्थे । प्रचण्डको किचन क्याबिनेटमा समेत साहको विशेष स्थान रहने गरेका समाचार बाहिर आइरहेका हुन्थे । प्रचण्डले पनि विश्वास गर्ने पात्रहरुको नाम लिनु पर्दा लिने एक नाम थियो, प्रभु साह । 

तर, प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजित भएको नेकपामा यो सिनारियो अब फेरिएको छ ।

किनकि यो विभाजनपछि मन्त्री पद पाउने निश्चित भएकै दिन नेकपा नेता साहले आफ्नो गुट फेरे, ओली क्याम्पमा आफूलाई पुर्याए । 

त्यसयता साहले सार्वजनिक कार्यक्रमहरुमा प्रचण्डको निकै चर्को विरोध गर्न थालेका छन् । 

शनिबार पनि उनले प्रचण्डको चर्को आलोचना गरे । उनले प्रचण्ड र माधव नेपालका कारण नेकपा विभाजित भएको भन्दै देशलाई नै प्रचण्डमुक्त बनाउनु पर्ने बताएका हुन् ।

प्रचण्ड पदको लोभमा डुबेकाले अहिलेको अवस्था आएको उनले बताएका हुन् । 



‘अन्तरघातीहरुलाई पाठ सिकाउनु पर्छ,’ साहले भनेका छन्, ‘देशलाई प्रचण्डमुक्त बनाउनु पर्छ ।’

अहिले ताजा जनादेशमा जानै पर्ने अवस्था आएको पनि साहले बताएका छन् ।



  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १९:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया