श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतीकाे मृत्यु

हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमानले बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्‍ने ३६ वर्षीया रमामाया घलानलाई  ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार शुक्रबार राति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए । 

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १९:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया