चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत किङको निधनको पुष्टि गरेको हो । उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको जनाइएको छ।
सिएनएनमा मात्र २५ वर्ष काम गरेका किङ अन्तर्वार्ताका लागि ‘किङ’ नै मानिन्थे । आफ्नो जीवनकालमा उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।