ओलीले वैशाखमा चुनाव गराउन संसद् विघटन गरेकै होइनन् : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने बताएका छन् । 

नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले माधव नेपाल र प्रचण्डलाई तह लगाउनका लागि मात्रै संसद विघटन नगरेको दाबी गरेका छन् । 

ओलीले वैशाखमा चुनाव गराउनका लागि पनि संसद विघटन नगरेको ठोकुवा गर्दै डा. कोइरालाले प्रधानमन्त्रीले आफ्नो हातमा सत्ता लिएर निरङ्कुश बनेको आरोप लगाए ।

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको भन्दै उनले संसद पुनःस्थापनाको विकल्प नभएको बताए।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार २०:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया