अमेरिकाको यो सहर : जहाँ १८ नोभेम्बरमा अस्ताएको घाम २२ जनवरीमा मात्रै झुल्कियो

अमेरिकाको अलस्का राज्यको एक शहर उत्कियाभिकमा ६६ दिनअघि अस्ताएको सूर्य शुक्रबार देखिएको छ। 

२०२० को नोभेम्बर १८ मा अस्ताएको सूर्य २२ जनवरी अर्थात शुक्रबार देखिएको हो। अमेरिकी मिडियाहरुमा आएका खबर अनुसार शुक्रबार करिब १ घण्टासम्म त्यस सहरमा सूर्य देखिएको थियो। 

त्यहाँको स्थानीय समअनुसार शुक्रबार दिउँसो सवा १ बजे(नेपाली समय शनिबार दिउँसो ४) तिर सूर्य देखिएको थियो। करिब १ घण्टा रहेर सूर्य अस्ताएको थियो। 

लामो समयपछि सूर्य देख्न पाउँदा त्यहाँका बासिन्दाले नाचेर खुसी मनाएका थिए।

एक धुर्वीय इलाकामा पर्ने अलस्काको यस क्षेत्रमा हरेक जाडो महिनाको करिब २ महिना सूर्य क्षितिबाट बाहिर आउँदैन। यस समयलाई पोलार नाइट भन्ने गरिएको छ। 



यति लामो समयसम्म यहाँ सूर्य नदेखिने भएपनि दिन रात पूरै अँध्यारो हुने भने होइन्। क्षतिज भन्दा मुनिमात्रै रहने सूर्यको प्रकाशले गर्दा यहाँ  दिनभर घाम उदाउनु भन्दा केही समयअघिको बिहानको अवस्था वा घाम अस्ताउने वित्तिकै बेलुका भएजस्तो उज्यालो मात्रै हुने गर्छ। 



अरु समयमा सरदर माइनस ५ डिग्री सेल्सियस तापक्रम हुने यस सहरमा पोलार नाइटको समयमा माइनस २० डिग्री सेल्सियस तापक्रम हुने गर्छ। त्यो समय विजुलीको सहयोगमा सबै खाले काम गर्नुपर्ने हुन्छ।

दैनिकीलाई सूचारु गर्ने प्रयास गरिए पनि बाहिर १०–१५ फिट बाक्लो हिउँ पर्ने हुनाले निकै कठिनाइ हुने गर्छ। 

पोलार नाइटको समय व्यक्तिहरु घरमै बस्ने सिनेमा हेर्ने, पुस्तक पढ्ने पारिवारिक जमघट गरेर रमाइलो गर्ने गर्दछन्। उनीहरुले मनाउने क्रिसमस पर्व पनि यही समयमा पर्छ। 

करिब ४४०० जनसंख्या रहेको उत्कियाभिक सहरमा प्रायगरी मेक्सिकोबाट आएर बसोबास गर्नहरु छन्। 

  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १०:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया