शाहरुख खानको पठान छायांकनमा लफडा

बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘पठान’को छायांकन सेटमा लफडा भएको छ । लफडापछि यश राज स्डुडियोको सुरक्षामा कडाइ गरिएको छ । आदित्य चोपडाले घटनाको छानबिन गर्न भनेका छन्।

यता पठान टिमले भने सामान्य भनाभन मात्रै भएको भनेर घटना सामसुम पार्न खोजेको छ । तर, उक्त लफडामा चोटपटक नै लागेको बलिउड हंगामाले समाचार लेखेको छ।

शाहरुखको छायांकन सेटमा यसअघि यस्तो लफडा कहिल्यै भएको थिएन् । यशराज प्रोडक्सनमा पनि पहिला यस्तो कहिल्यै नभएको भन्दै आदिल्यले छानबिनको आदेश दिएका छन् । उनले आफ्नो प्रोडक्सनमा पहिलोपटक यसरी अनुशासन उल्लंघन भएको भन्दै दुःख व्यक्त गरेका छन्।

अभिनेता खान भने छायांकन सेटमा रहेका महिलाहरुको मानसिक अवस्थालाई लिएर चिन्तित भएका छन् । झगडा के विषयमा भएको थियो भन्ने कुरा खुलाइएको छैन्।





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार ११:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया