कर्णालीमा साढे ११ हजारलाई कोरोना खोप लगाउने तयारी
फाइल फोटो

कर्णाली प्रदेशमा साढे ११ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ । पहिलो चरणमा प्रदेशका १० वटै जिल्लामा फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारीलाई खोप लगाउने तयारी गरिएको हो । 

भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज कोरोना खोपमध्ये कर्णालीमा पहिलो चरणमा साढे ११ हजार लाई लगाउने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारी, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वयंसेविका सेविकाहरुलाई खोप लगाउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा.रबिन खड्काले जानकारी दिए।  

‘खोप लगाउने तयारीमा जुटेका छौँ’ डा. खड्काले भने, ‘प्रहिलो चरणमा प्रदेशका १० वटै जिल्लामा फ्रन्टलाइनमा रहेक काम गर्ने कर्मचारीलाई प्राथमिकतामा राखिएको छ। त्यसपछि दोस्रो, तेस्रो चरण गरी सबै क्षेत्रलाई खोप लगाइनेछ ।’

पहिलो चरणको खोप सुर्खेत र नेपालगञ्जमा भण्डारण गरेर लगाउन सुरु गर्ने उनको भनाइ छ । नेपालगञ्जबाट कर्णालीका विकट हिमाली जिल्लाहरुमा खोप लिन सजिलो हुने भएकाले नेपालगञ्जबाट वितरण सुरु गरिने डा.खड्काले बताए । 

पहिलो चरण खोप लगाउनेमा सुर्खेतमा सबैभन्दा बढी र हुम्ला, डोल्पा सबै भन्दा कम रहेको उनले जानकारी दिए।



डा. खड्काका अनुसार दोस्रो चरणमा सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायतका क्षेत्रका व्यक्तिहरुलाई लगाउने तयारी भएको छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि खोप संयोजकमा डा. अनुज भट्टचनलाई नियुक्त गरेको छ । 



  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार ११:२३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया