बलिउड अभिनेता अक्षयकुमार अभिनित पछिल्लो फिल्म ‘बच्चन पाण्डे’को पोस्टर सार्वजनिक भएको छ । २०२२ को जनवरी २६ लाई प्रदर्शन मिति तय गर्दै पोस्टर रिलिज गरिएको हो ।
सार्वजनिक पोस्टरमा अक्षयको फरक लुक्स देख्न सकिन्छ । उनी दारी, चन्की चेन र नक्कली आँखाका साथमा पोस्टरमा देखिएका छन् । पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्, ‘एक लुक्स नै काफी छ ।’
अक्षयका साथमा यो फिल्ममा कृति, सैनन, ज्यालिन फर्नाडिस र अरशद वारसीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । मार्चसम्म यो फिल्मको सुटिङ चल्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।