केही साता अघि अभिनेत्री रेखा थापाले वैशाखबाट फ्लोरमा जाने बताएकी थिइन् । वैशाखबाट छायांकनको तयारी रहेको उक्त फिल्म रेखा आफैंले निर्देशन गर्ने भएकी छन् । निर्माता निर्देशक आफैं रहेको उक्त फिल्मको लिड रोलमा रेखा स्वयम् देखिने छन् ।
दुई वर्षदेखि निर्माण घोषणा भएर थन्किएका २ फिल्मलाई थाति राखेर रेखाले नयाँ फिल्म बनाउने भएकी हुन् । उनले यो फिल्मका लागि गृहकार्य समेत थालेकी छन् । रेखा अहिले फिल्मको स्क्रिप्ट लेखन गरिरहेकी छन् ।
यो फिल्ममार्फत् सिने नगरीमा नयाँ हिरो आउँने बुझिएको छ । तर, उनले आफ्नो फिल्मको हिरोका बारेमा केही खुलाएकी छैनन् ।
रेखाले लकडाउनको समयमै प्रशिक्षक राखेर निर्देशन सिकेकी थिइन् । यो समय उनले आफ्नो २० केजी तौल घटाएकी छन् । आफ्नो नयाँ फिल्मका लागि हाल रेखा आफूलाई मेन्टेन समेत गरिरहेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।