काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वैवाहिक जीवन सुरु गरेका छन्। ४९ वर्षमा हिँडिरहेका राईले सन् २०१८ की २० वर्षीया ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग काठमाडौंको गैराधारास्थित एलिस रिसेप्सन पार्टी प्यालेसमा बिहे गरेका हुन्।
करिब २८ वर्ष उमेरको अन्तर रहेका यी दुईबीच प्रेम विवाह भएको बताइएको छ। भोजपुरको आमचोक गाउँपालिकाका मुख्यमन्त्री राईले संखुवासभाकी जाङ्मुलाई दुलही बनाएका हुन्। काठमाडौं बस्दै आएकी उनका बाबुआमा अमेरिकामा छन्। राईले सीमित नातागोता र नेताहरुबीच बिह गरेका हुन्।
‘मिस मंगोल नेपाल-२०१८’ को उपाधि विजेता जि जाङ्मु अभिनयमा पनि सक्रिय छिन्। म्युजिक भिडिओमा पनि अभिनय गरिरहेकी उनी ११ वर्षमै ‘मिस किड क्विन नेपाल’ मा पनि सहभागी भएकी थिइन्। त्यसयता उनी विभिन्न सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी थिइन्।
राईले बिहे पार्टी भने प्रदेश १ को राजधानी बिराटनगरमै दिने भएका छन्। काठमाडौंको बिहेमा सीमित निम्तालु बोलाइएको छ। उता बिराटनगरमा भने बिहेको भव्य पार्टी दिने तयारी मुख्यमन्त्री राईले गरेका छन्।
२०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका-३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा जन्मिएका राई विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका थिए। समाजशास्त्रमा एमएसम्म गरेका राईले आफूविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको कठिन समयमा वैवाहिक जीवन सुरु गरेका हुन्। समाजशास्त्रमा स्नातकोत्तर राई २०४४ सालमा राजनीति लागेका थिए।
२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राईले त्यसयता निरन्तर राजनीतिक फड्को मारेका छन्। २०४४ सालदेखि अनेरास्ववियूबाट क्रियाशील भएरका उनी भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य भएका थिए।
राई २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका थिए। दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे। दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सञ्चारमन्त्री बनेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।