'दुइटा किड्नी फेरेका प्रधानमन्त्री विश्वमै अरु छैनन्'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपांगता भएको व्यक्तिका रुपमा चित्रित गरेका छन्। अपांगता भएका नागरिकहरूसँग राष्ट्रियसभा गृहमा आइतवार भएको अन्तरक्रियामा बोल्दै ओलीले यस्तो बताएका हुन्। 
 
'म पनि अपांगता भएकै मान्छे हो, मेरो पनि किड्नी फेल भएर अर्को किड्नी हालेको छु। नयाँ किड्नीको ह्विल चेयर चढेर हिँडिरहेको थिएँ, त्यसले पनि लामो समय काम गरेन', उनले भने, 'फेरि फेल भयो अनि अर्को किड्नीको वैशाखी चढेर हिँडेको छु।'

उनले आँखा पनि कमजोर भएकाले चस्मा लगाएर पढ्ने गरेको सुनाए। 'आँखामा चस्मा लगाएर हिँडेको छु, चस्माबिना पढ्न सक्दिनँ', उनले अगाडि भने, 'दुइटा किड्नी फेरेको विश्वमा कोही प्रधानमन्त्री छैन, यो पनि सायद विश्व रेकर्ड हो।'

उनले अरुलाई आफूले गाली नगरेको जिकिर गरे। 'गाली गरेको छैन, लाठी लगेर हानेको छैन, मिलाएरै अघि बढिरहेको छु', उनले भने, 'देश बिगार्न खोज्नेहरू, जनतालाई दुख दिन खोज्नेहरूलाई, जनताको शासन मास्न खोज्नेहरूलाई भागी भागी हिँडिरहेका छन्।'

उनले जनतालाई सुख दिन सरकारले कालो भाले काट्ने, अण्डा पनि मन्साउने बताए। 'सरकारले जनताका लागि सबै थोक गर्छ। कालो भाले काट्छ अण्डा मन्साउँछ। सिटामोल पनि खुवाउँछ', उनले भने, 'सरकारले जनताका लागि सबै काम गर्न तयार छ। सक्दै नसके छेउमा बसेर सुम्सुम्याउँछ, सरकारले सकेको गर्छ।'
 





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १४:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया