‘कम्ब्याट ड्रेस’ सहित युवा उतार्ने थरुहट/थारुवान मोर्चाको तयारी

थरूहट/थारूवान राष्ट्रिय मोर्चाले धनगढीमा सरकारविरुद्ध ५० हजार जनता उतार्ने तयारी गरेको छ । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारूले राज्यबाट निरन्तर दमन भइरहेको बताउँदै विद्रोहको तयारीमा रहेको चेतावनी दिए । ‘विद्रोहका लागि कैलाली हब बन्नेछ । फागुन १५ र १६ गते कम्ब्याट ड्रेससहित ५ हजार युवाको सहभागितामा ५० हजार जनता उतार्ने तयारीमा छौँ ।’

कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने बताउँदै प्रवक्ता थारूले अबको आफूहरुको आन्दोलन धनगढी र टीकापुर केन्द्रित हुने उल्लेख गरे ।

प्रवक्ता थारूले भने, ‘आन्दोलन अब प्रतिरोधात्मक र प्रतीकात्मक हुन्छ सरकारलाई असहयोग हुन्छ । सरकारलाई असफल बनाउँछौ ।’ टीकापुर घटनालाई छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर राजनीतिक घटनाका रुपमा सम्बोधन हुनुपर्ने र कैद सजाय सुनाइएको नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग रहेको उनले बताए ।

पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु सहितलाई जन्मकैद फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध मोर्चा विरोधमा उत्रिएको जनाएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १५:१०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया