पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमत थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३ हजार ३१२ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४०३ जना संक्रमणमुक्त भएसँगै कुल संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।
अहिलेसम्म २० लाख ४३ हजार २५५ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।