जसपा र लोकतान्त्रिक पार्टीबीच एकता

जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी बीच एकीकरण भएको छ । विजय गच्छदार नेपाली कांग्रेस प्रवेश गरेपछि शिवलाल थापाको नेतृत्वमा पुनर्गठन गरिएको लोकतान्त्रिक पार्टीलाई जसपाका शीर्ष नेताहरूले आइतबार जसपामा प्रवेश गराएका हुन् । ललितपुरमा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता राजेन्द्र महतोले थापासँग पार्टी एकीकरण गरेको घोषणा गरेका थिए ।

लोकतान्त्रिक पार्टीका तर्फबाट थापाले एकीकरणमा सहमति गरेका हुन् । जसपाका नेताहरूले वैकल्पिक शक्ति बनाउने जसपाको अभियानमा थापासँगको एकीकरणले मद्दत पुगेको बताए । अध्यक्ष ठाकुरले कांग्रेस, कम्युनिस्टले लोकतान्त्रिक आचरण बिर्सिएको भन्दै सबै नेपालीलाई समेटिने गरी जसपाले विकल्प दिन अघि बढेको दाबी गरे ।

जसपाका अर्का अध्यक्ष यादवले प्रधानमन्त्रीले प्रतिगमन गरेको भन्दै सबै मिलेर अघि बढ्न आग्रह गरे । वरिष्ठ नेता महतोले वृहत् लोकतान्त्रिक शक्ति निर्माणमा थापाको नेतृत्वको पार्टी जसपासँग एकीकरण गरेर अघि बढेकोमा खुसी व्यक्त गरे ।

थापाले आफ्नो नेतृत्वमा पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका सबै पार्टी निकाय आजदेखि जसपासँग एकीकृत भएको र अब जसपाको ब्यानरमा आफूहरूले राजनीति गर्ने बताए ।





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १८:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया