११ वर्षीय सुशिलको जीवन रक्षाका लागि अपिल

बोनम्यारोको समस्याबाट पीडित सुशिल शाहीको जीवनरक्षाका लागि परिवारले सहयोगको अपिल  गरेका छन् । दैलेखको भगवती माई गाउँपालिका–२ बस्तडाका ११ वर्षीय सुशिल एक महिनादेखि काठमाडौँको सिभिल अस्पतालमा उपचाररत छन् । 

उपचारमा ठूलो रकम लाग्ने भएपछि परिवारले सहयोगका लागि अपिल गरेका हुन । अस्पतालले सुशिलको उपचारका लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने जानकारी

दिएको छ । आफूहरुसँग त्यति ठूलो रकम नभएको भन्दै उनका हजुरबा रामबहादुर शाहीले सहयोगका लागि अपिल गरेका हुन्।

उनको उपचारका लागि ऋण खोजेकोे साढे ३ लाख र सहयोगमार्फत आएको करिब ३ लाख रुपैयाँ खर्च भइसके रामबहादुरले जानकारी दिएका छन् । 

 यति खर्च गर्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार भएको छैन। 

सुशिलको उपचारका लागि सुशिल बचाउ अभियान समेत सुरु गरिएको छ । अभियानमार्फत विभिन्न व्यक्ति तथा संस्थालाई सहयोगका लागि अपिल गरिएको परिवारले जानकारी दिएका छन्।



सुशिललाई हरेक २–२ दिनमा रगत आवश्यक पर्ने भन्दै रगतको व्यवस्थापनका लागि सहयोग गर्न पनि अपिल गरिएको छ । सुशिलका बुवा जन्मजात अपांग हुन् ।  आमा पनि पाठेघरको समस्याबाट पीडित छिन्। 

सुशिललाई सहयोग गर्न चाहानेले उनका हजुरबुवा रामबहादुर शाहीको प्रभु बैंकमा रहेको खाता नम्बरः १५१०१०२८०८५०००१२ र उनका ठूलो बुवा अमृत शाहीको प्रभु बैंकमा रहेको खाता नम्बर १५१०१०२३८७३०००११ मा सहयोग गर्न सकिने जानकारी दिइएको छ । साथै अमृत शाहीको मोबाइल नम्बर ९८५८०६२५०१० मा पनि सम्पर्क गर्न सकिनेछ । 



  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार ८:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया