आज प्रधानमन्त्री ओली दाङमा : के-के गर्दैछन् ?

प्रतिनिधिसभा विघटन गरी पार्टी ई समूहमा बाँडिएपछि प्रधानमन्त्री तथा नेकपा  अध्यक्ष केपी शर्मा ओली दिनहुँ जसो पार्टीका भेला तथा सभाहरूमा व्यस्त हुने गरेका छन् । यसै सिलसिलामा सोमबार ओली दाङ आउने कार्यक्रम छ । उनी करिब पौने १२ बजे दाङ आइपुग्ने कार्यक्रम छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रधानमन्त्री ओलीको हेलिकप्टर काठमाडौँबाट दाङका लागि उडिसकेको छ । उनी हेलिकप्टरबाट राप्ति पुलमा ओर्लने 

साढे १२ः३० बजे पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुलको ओलीले उद्घाटन गर्ने भएका हुन् । 

पुल गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको थियो । 

पुल उद्घाटनपछि ओली राप्ति गाउँपालिका–२ लालबटियामा आयोजना हुने सभामा सहभागी हुन जाने छन् । नेकपा दाङको ओली समूहले आयोजना गरेको कार्यक्रममा दाङका विभिन्न स्थानबाट करिब ५ हजार व्यक्तिहरु उपस्थित गराउने योजना ओली समूहको छ । 



ओली दाङ आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी, सीमा सुरक्षा बल भालुवाङबाट सशस्त्र प्रहरी र घोराहीस्थित रिपुमर्दन गणबाट नेपाली सेनाको टोली खटिएको छ । 



सभा सकेर ओली ४ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको नेकपा ओली समूहका स्थानीय नेताहरुले जानकारी दिएका छन् । 

  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १०:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया