सेक्सी हुन आफूलाई रोक्न सक्दिँन : ज्योति मगर

विवादको अर्को नाम– ज्योती मगर । धेरैजसो उनी पहिरनका कारण चर्चामा आउने गरेकी छिन् । देश तथा विदेशमा हुने मेला, महोत्सवमा उनका पहिरनले सधैं चर्चा पाइरहेका हुन्छन् । यो वर्ष कोरोनाका कारण देश तथा विदेशका मेला महोत्सवहरु रोकिए । ज्योतीको चर्चा र विवादको क्रम पनि रोकियो ।

बिस्तारै मेला महोत्सव सुरु हुँदै गर्दा ज्योतीको चर्चा पनि सुरु भएको छ । गायिका मगरले आइतबार एक कार्यक्रमका लागि नेपालगञ्ज निस्कनु अघि फेसबुकमा एउटा तस्बिर सेयर गरिन्।

ज्योतीको फेसबुकमा उनका बोल्ड तस्बिर सार्वजनिक हुनुलाई सामान्य रुपमा लिन सकिन्छ । तर, आफ्ना हरेक कृयाकलापलाई सामान्य रुपमा खेर जान नदिनका लागि उनले विभिन्न उपाय अपनाउने गरेकी छिन् । यसपटक पनि उनले तस्वीरमा क्याप्सन लेखिन्।

उनको यो तस्विरसँगै क्याप्सनले धेरैलाई तान्यो । उनले क्याप्सनमा लेखेकी छिन्, ‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’ उनको यो क्याप्सनसहितको तस्वीर धेरैले शेयर गरेका छन् । हजार भन्दा धेरैले प्रतिकृया जनाएका छन्। 

I can't stop being sexy, It's in my blood... If you couldn't take easily it's your problem I really don't fucking care...

Posted by Jyoti Magar on Sunday, January 24, 2021




  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १२:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया