माघ २३ गते काठमाडौंमा २ लाख मानिस उतार्ने ओली समूहको घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले काठमाडौंमा आगामी माघ २३ गते २ लाख मानिस उतार्ने घोषणा गरेको छ। उक्त कार्यक्रमबारे ओली समूहले धुमबाराहीमा सोमबार पत्रकार सम्मेलन गरेर दिएको हो। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा ओली समूहका नेता आनन्द पोखरेलले माघ २३ मा शक्ति प्रदर्शन गरिने जानकारी दिएका हुन्। प्रचण्ड-माधव समूहले केही दिनअघि जनआन्दोलनयताकै धेरै मानिस सडकमा उतारेको दाबी गरेका थिए। 

प्रचण्ड-माधव समूहलाई चुनौती दिने गरी ओली समूहले ठूलो संख्यामा कार्यकर्ता र समर्थकलाई देशभरबाट ल्याउने तयारी गरेको हो । 
 





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १३:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया