सुदूरपश्चिममा कोरोना विरुद्धको खोप लगाउन १० वटा केन्द्र

सुदूरपश्चिममा कोरोना विरुद्धको खोप लगाउन १० वटा खोप केन्द्र तोकिएको छ । संघीय सरकारले प्रदेशमा खोप दिएसँगै केन्द्र तोकिएको हो ।

प्रदेश सामाजिक विकास मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुरलाई खोप केन्द्र रूपमा तोकेको छ । प्रदेशका बाँकी अन्य ८ वटा जिल्लामा जिल्ला अस्पताललाई खोपकेन्द्र तोकिएको छ ।

संघीय सरकारले सुदूरपश्चिमका १६ हजार २९३ जनालाई पुग्ने गरी कोरोना भाइरस विरुद्धको खोप पठाएको छ । स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यानमार्फत् आइतबार कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रूपमा सञ्चालन गर्ने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार पहिलो चरणमा खोप लगाउन १६ हजार २९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ । उनीहरूलाई माघ १४ गतेदेखि १८ गतेसम्म पहिलो चरणको खोप लगाइने कार्कीले बताए । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप भण्डारणको सबै तयारी सकिएको दाबी गरेको छ ।





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १३:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया