राष्ट्र बैंकले ल्यायो १० अर्बको विकास ऋणपत्र

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले ७ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८४ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । 

उक्त ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था एवं नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । 

इच्छुक आवेदकले राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने बताइएको छ । यो ऋणपत्र धितो राखी कर्जा लिन सकिने समेत राष्ट्र बैंकले उल्लेख गरेको छ । 

मंगलवार अपरान्ह २ बजेसम्म ऋणपत्रको बोलकबोल हुनेछ । माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ माघ १४ गते भुक्तानी हुनेछ । 





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १३:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया