प्रचण्डको आरोपपत्र फिर्ता गरेर निर्वाचनमा आउनुपर्छ : पोखरेल
फाइल फोटो

नेकपा केपी शर्मा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा भएको फेरबदलका विषयमा निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक भएको बताएका छन् ।

सोमबार धुमबाराहीमा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले निर्वाचन आयोगले पार्टी कसैले फुटाउन सक्दैन भन्ने पुष्टि गरेको बताए । ‘हामी निर्वाचन आयोगले गरेको निर्णयलाई सम्मान गर्छौं । सकारात्मक लिएका छौ । हामी पार्टी फुटको पक्षमा रहेनौं’, पोखरेलले भने, ’हामीले कसैलाई पनि कारबाही गरेनौं । आयोगको निर्णयले चाहेर पनि नेकपा फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ ।’

पोखरेलले अब एकता कायम गरेर जानका लागि कात्तिक २८ गतेको सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डले राखेको अभियोगपत्र फिर्ता लिनुपर्ने बताए । त्यस्तै घोषित निर्वाचनमा सहभागी हुनुपर्ने पनि बताए ।





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १४:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया